• Trending:

रेशमलाल चौधरीको उम्मेदवारी खारेज

रेशमलाल चौधरीको उम्मेदवारी खारेज

Economist Nepal

Wed, Asoj 26 2079

रेशमलाल चौधरीको उम्मेदवारी खारेज


२६ आश्विन २०७९, बुधबार

Resham chaudhari

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका रेशमलाल चौधरीको उम्मेदवारी खारेज भएको छ । चौधरीले बर्दिया–२ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका थिए ।

चौधरीविरुद्ध परेको उजुरीका आधारमा उम्मेदवार बन्न अयोग्य ठहर गर्दै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरिदिएको हो । चौधरीलाई थरुहट आन्दोलनका क्रममा टीकापुर घटनाको दोषी ठहर्याइ जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला सुनाएको थियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उच्च अदालतले पनि त्यो फैसलालाई सदर गरे पछि चौधरी अहिले सजाय काट्दै छन् । चौधरी अहिले ज्यान मार्ने उद्योगमा जेलमा छन् । यस्तै, नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका थरुहट नेता लक्ष्मण चौधरी (थारु) को पनि उम्मेदवारी खारेज भएको छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.