• Trending:

बागी उम्मेदवारी फिर्ता लिन एकीकृत समाजवादीको निर्देशन

बागी उम्मेदवारी फिर्ता लिन एकीकृत समाजवादीको निर्देशन

Economist Nepal

Wed, Asoj 26 2079

बागी उम्मेदवारी फिर्ता लिन एकीकृत समाजवादीको निर्देशन


२६ आश्विन २०७९, बुधबार

beduram bhusal
Bedu Ram Bhusal

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव डा. वेदुराम भुसालले गठबन्धनको सहमतिविपरीत उम्मेदवारी दिएका आफ्ना नेता तथा कार्यकर्तालाई उम्मेदवारी अविलम्ब फिर्ता लिन निर्देशन दिएका छन् ।

महासचिव डा. भुसालले विज्ञप्ति जारी गर्दै आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टी निर्देशनको अवज्ञा गरी उम्मेदवारी कायमै राखेमा पार्टीले कारबाही गर्ने बताएका छन् । निर्धारित समय सीमाभित्र उम्मेदवारी फिर्ता गरी साङ्गठनिक अनुशासनमा दृढ रहन समेत उनले आग्रह गरेका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

निर्वाचन आयोगले यही असोज २३ गते उम्मेदवारी मनोनयन तथा असोज २६ गते मनोनयन दर्ता भएका उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिनका लागि समय तोकेको छ । यसअघि पार्टीले गठबन्धनका साझा उम्मेदवारलाई देशभरबाट विजयी गराउन सम्पूर्ण मतदातालाई आग्रह गरेको थियो ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.