• Trending:

प्रचण्डकाे प्रतिस्पर्धी डा. माधवी भट्टले फिर्ता लिइन् उम्मेदवारी

प्रचण्डकाे प्रतिस्पर्धी डा. माधवी भट्टले फिर्ता लिइन् उम्मेदवारी

Economist Nepal

Wed, Asoj 26 2079

प्रचण्डकाे प्रतिस्पर्धी डा. माधवी भट्टले फिर्ता लिइन् उम्मेदवारी

Naya Page

प्रचण्डकाे प्रतिस्पर्धी डा. माधवी भट्टले फिर्ता लिइन् उम्मेदवारी

गोरखा । गोरखा–२ मा प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन दर्ता गरेकी डा. माधवी भट्टले उम्मेदवारी फिर्ता लिएकी छिन् । २३ असोजमा उम्मेदवारी दर्ता गरेपछि उत्पन्न प्राविधिक, व्यवहारिक र परिस्थितिजन्य अवस्थाको समीक्षा गर्दै उम्मेदवारी फिर्ता लिएको उनले जनाएकी छिन् । यसै क्षेत्रबाट सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उम्मेदवारी दिएका छन् ।

उनले उम्मेदवारी फिर्ता लिए पनि मतदाताको आफूप्रतिको विश्वास र भरोसा टुट्न नदिने बताएकी छिन् । उनले भनेकी छिन्, ‘यहाँहरूका फोन कल र सामाजिक सञ्जालमा आएका सन्देशहरूलाई मैले जवाफ दिन सकेको छैन । म यहाँहरूलाई पक्कै पनि सम्पर्क गर्नेछु । गोरखा–२ मा कांग्रेसका पार्टी पूर्व सभापतिहरू, केही पूर्व सांसदहरू तथा अन्य विभिन्न तह र तप्कामा रहनु भएका व्यक्तिहरूबाट प्राप्त हौसलाले मलाई थप जिम्मेवार बनाएको छ ।’

उनले यस्तो सामीप्य र सहकार्य आगामी दिनमा निरन्तर अघि बढ्ने प्रतिबद्धता जनाएकी छिन् । गोरखा–२ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि उम्मेदवारी दिएका छन् ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.