• Trending:

भक्तपुरमा राप्रपाका एक र दुई स्वतन्त्र उम्मेदवारले गरे उम्मेदवारी फिर्ता

भक्तपुरमा राप्रपाका एक र दुई स्वतन्त्र उम्मेदवारले गरे उम्मेदवारी फिर्ता

Economist Nepal

Wed, Asoj 26 2079

भक्तपुरमा राप्रपाका एक र दुई स्वतन्त्र उम्मेदवारले गरे उम्मेदवारी फिर्ता


२६ आश्विन २०७९, बुधबार

kamal thapa 1

भक्तपुर । भक्तपुरमा एउटा पार्टीका उम्मेदवार र दुई स्वतन्त्र उम्मेदवारले आ–आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । राप्रपा नेपालबाट भक्तपुर–१ प्रदेश ‘क’ का उम्मेदवार श्यामप्रसाद नेपालले उम्मेदवारी फिर्ता लिएका हुन् ।

जिल्ला निर्वाचन कार्यालय भक्तपुरका जिल्ला निर्वाचन अधिकारी नरेन्द्रप्रसाद न्यौपानेका अनुसार राष्टिय प्रजातन्त्र पार्टी साथै भक्तपुर–२ बाट स्वतन्त्र उम्मेदबारी दिएका बद्रिकृष्ण त्यात श्रेष्ठ र दिलप्रसाद गिरीले उम्मेदवारी फिर्ता लिएका छन् । दिलप्रसादले भक्तपुर–२ प्रदेश क (सूर्यविनायक) र बद्रीकृष्णले भक्तपुर–२ प्रदेश ख (मध्यपुर थिमि) बाट उम्मेदवारी फिर्ता लिएका हुन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
kamal thapa tir.jpg 4

प्रमुख निर्वाचन अधिकृत गोपाल बाँंस्तोलाले भक्तपुर–१ मा दुईजनाको उम्मेदवारी रद्द भएको जानकारी गराए । भक्तपुर–१ मा नेपाल आमा पार्टीबाट उम्मेदवारी दिएकी सुशीला न्यौपानेको उम्मेदवारी रद्द भएको हो । सुशीला स्थानीय निर्वाचनमा पनि उम्मेदवार रहेको र त्यसबेलाको झण्डै सात लाख जरिवाना तिनुपर्ने भएकाले उनको उम्मेदवारी रद्द भएको उनले बताए ।

city
ncll 2

नेपाली काग्रेस बिपीबाट भक्तपुर–१ प्रदेश क (चाँंगुनारायण) क्षेत्रबाट उम्मेदवारी दिएका गणेश वज्राचार्यको उम्मेदवारी रद्द भएको छ । उनको प्रस्तावक र समर्थक भक्तपुरको हुनुपर्नेमा मध्यपुर थिमिको परेको र त्यसपछि उनले अरु स्थानीय प्रस्तावक र समर्थक ल्याउन नसकेपछि उनको उम्मेदवारी रद्द भएको उनले जानकारी गराए ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.