• Trending:

गोविन्दराज जोशीले पाए ‘कैंची’ चुनाव चिह्न

गोविन्दराज जोशीले पाए ‘कैंची’ चुनाव चिह्न

Economist Nepal

Wed, Asoj 26 2079

गोविन्दराज जोशीले पाए ‘कैंची’ चुनाव चिह्न


२६ आश्विन २०७९, बुधबार

govindaraj joshi

काठमाडौं । तनहुँ–१ को प्रतिनिधिसभाका सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले ‘कैंची’ चुनाव चिन्ह पाएका छन् । निर्वाचन आयोगले बुधबार जोशीलाई चुनाव चिन्ह कैंची दिएको हो ।

स्थानीय निर्वाचनमा तनहुँको व्यास नगरपालिकाको मेयरमा उम्मेदवार बनेका जोशीका छोरा दीपकले पनि चुनाव चिन्ह कैंची पाएका थिए । जोशीले भने, ‘स्थानीय निर्वाचनमा पनि हामीले कैंची चुनाव चिन्ह पाएका थियौं । अहिले मैले पनि कैंची नै पाएको छ । यसले प्रचारका लागि सजिलो हुन्छ ।’

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

तनहुँ १ मा सत्ता गठबन्धनबाट कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट एकबहादुर राना उम्मेदवार छन् । ०७४ को निर्वाचनमा पौडेललाई असहयोग गरेको आरोपमा जोशी कांग्रेसबाट निष्काशित भएका थिए ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.