• Trending:

बायर्न र नेपोली नकआउट चरणमा

बायर्न र नेपोली नकआउट चरणमा

Economist Nepal

Thu, Asoj 27 2079

बायर्न र नेपोली नकआउट चरणमा


२७ आश्विन २०७९, बिहीबार

baryan 1

काठमाडौँ । बायर्न म्युनिक र नेपोलीले बुधबार युरोपेली च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेका छन् ।
बायर्नले समूह ‘सी’ को खेलमा भिक्टोरिया प्लाजेनलाई ४–२ ले हरायो । बायर्न प्रतियोगिताको नकआउट चरणमा पुगेको यो लगातार १५ औं पल्ट हो । बायर्नले यसपल्ट लिग चरणका सबै चार खेल जितेको छ ।

यसै समूहको अर्को खेलमा बार्सिलोना र इन्टर मिलानले ३–३ को रोमाञ्चक बराबरी खेले । यो नतिजाले बार्सिलोनाको अन्तिम १६ मा प्रवेश कठिन बनेको छ । बायर्नपछि इन्टर सात अंकमा दोस्रो स्थानमा छ भने बार्सिलोनाको चार अंक मात्र छ । समूह ‘ए’ मा नेपोलीले आयाक्सलाई ४–२ ले हरायो । नेपोलीको पनि यो लगातार चौथो जित हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

यसै समूहमा मोहमद सलाहको ह्याट्रिकमा लिभरपुलले रेन्जर्सलाई ७–१ ले पराजित गर्‍यो । समूह ‘बी’ का खेलमा क्लब ब्रुग्स र एटलेटिको म्याड्रिडले गोलरहित बराबरी खेले भने एफसी पोर्टोले बायर लेभरकुजनलाई ३–० ले हरायो । यस्तै समूह ‘डी’ मा टोटनहमले इन्ट्राख्ट फ्रायन्कफर्टलाई ४–२ र मार्सेले स्पोर्टिङ लिस्बनलाई २–० ले पन्छाएको छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.