
काठमाडौं । आज १३ अक्टोबर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वर्पूण घटना ः
मौरीससका राष्ट्रपतिमाथि गोली प्रहार
सन् २०१२ मा मौरिससका राष्ट्रपति मोहमद ओउल्ड अब्देल अजिजमाथि गोली प्रहार भएको थियो । सेनाले भूलवंश गोली चलाएको अनुसन्धानको क्रममा खुलेको थियो ।
कोइला खानीमा पुरिएका व्यक्तिको ६९ दिनपछि उद्दार
सन् २०१० को ५ अगस्टमा चिलीको कोपिआपोकोमा १२१ वर्ष पुरानो तामा खानी भत्किँदा ३३ जना मजदूर खानीभित्र पुरिएका थिए । तीमध्ये ३२ जनाको तत्कालै उद्दार गरिएको थियो । तर, खानीभित्र फसेका सान जोसको ६९ दिनपछि उद्दार गरिएको थियो ।
ह्वाइट हाउस निर्माण शुरू
अमेरिकी राष्ट्रपतिको अहिलेको कार्यलय ह्वाइट हाउसको निर्माण कार्य सन् १७९२ मा शुरू भएको थियो । आइरल्याण्डका बस्तुकलाबिद जेम्स होबनले ह्वाईट हाउसको डिजाइन गरेका थिए । निर्माण शुरू गरेको ८ वर्षपछि सम्पन्न भएको ह्वाईटहाउसमा पहिलो पटक सन् १८०० को १ नोभेम्वरमा तत्कालीन राष्ट्रपति जोन एडम्स बसेका थिए ।






