• Trending:

लिभरपुलको फराकिलो जितमा सलाहको कीर्तिमानी ह्याट्रिक

लिभरपुलको फराकिलो जितमा सलाहको कीर्तिमानी ह्याट्रिक

Economist Nepal

Thu, Asoj 27 2079

लिभरपुलको फराकिलो जितमा सलाहको कीर्तिमानी ह्याट्रिक


२७ आश्विन २०७९, बिहीबार

salaha liverpool1665627570

काठमाडौं । मोहम्मद सलाहले बेन्चबाट आएर ६ मिनेट १२ सेकेन्डको अन्तरमा ह्याट्रिक गरेपछि लिभरपुलले बुधबार राति च्याम्पियन्स लिगमा रेन्जर्समाथि ७–१ को फराकिलो विजय हासिल गरेको छ ।

सलाह ६८ औं मिनेटमा डार्विन नुनेजको स्थानमा मैदान छिरेका थिए । ७५ औं मिनेटमा पहिलो गोल गरेका सलाहले ८१ औं मिनेटमा ह्याट्रिक पूरा गरेका थिए । सलाहले दोस्रो गोल ८० औं मिनेटमा गरेका थिए । सलाहले मैदान छिरेको १३ मिनेटमा तीन गोल गरेपछि उत्साहित घरेलु दर्शक शान्त बनेका थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

यससँगै सलाह च्याम्पियन्स लिगमा सबैभन्दा छोटो अन्तरमा ह्याट्रिक गर्ने खेलाडी बनेका छन् । घरेलु टिम रेन्जर्सले १७ औं मिनेटमा स्कट एर्फिल्डको गोलबाट अग्रता लिएको थियो । २४ औं मिनेटमा लिभरपुलका रोबर्टो फिर्मिनोले बराबरी गोल फर्काए । ५५ औं मिनेटमा फिर्मिनोले गरेको गोलबाट लिभरपुलले अग्रता लियो । ६६ मिनेटमा नुनेजले लिभरपुलको अग्रता बढाए । सलाहले ह्याट्रिक गरेपछि हार्भे इलियटले ८७ औं मिनेटमा अर्को गोल थपेका थिए ।

city
ncll 2

जितसँगै लिभरपुलले ४ खेलबाट ९ अंक जोडेको छ । यससँगै लिभरपुलले अन्तिम–१६ मा स्थान बनाउने सम्भावना बलियो बनाएको छ । यस समूहमा नेपोली १२ अंकका साथ शीर्ष स्थानमा छ । पराजित रेन्जर्स अंकविहीन छ । नेपोलीले गए राति आयाक्सलाई ४–२ ले हराएको थियो ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.