
काठमाडौं । समिट लघुवित्त र नेसनल माइक्रो फाइनान्सको शेयर कारोबार रोक्का भएको छ । एक आपसमा मर्जरमा जाने सम्झौता गरेपछि नेप्सेले बिहीबारदेखि दुवै कम्पनीको शेयर कारोबार रोक्का गरेको हो । यी दुई कम्पनीले २६ असोजमा मर्जरमा जाने सम्झौता गरेका थिए ।
२६ असोज गते शुक्रबार साँझ दुई संस्थाबीच मर्जरमा जाने प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको नेशनल माइक्रो फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले बताए ।
मर्जरपछि बन्ने संस्थाको नाम नेशनल समिट लघुवित्त वित्तीय संस्था रहने तथा सञ्चालक समितिको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत हालको नेशनल माइक्रो फाइनान्सको नै हुने सहमति भएको उनले बताए । सञ्चालक समितिमा नेशनलबाट ४ जना र समिटबाट २ जना तथा एक जना स्वतन्त्र सञ्चालक हुने सहमति भएको उनले बताए । मर्जरपछि बन्ने संस्थामा हालको समिट लघुवित्तको १०० कित्ता सेयर हुने शेयर धनीको ८० कित्ता मात्रै रहेन सहमति भएको छ । अर्थात् १००ः८० को स्वाप रेसियोमा मर्जर हुने भएको छ ।
त्यस्तै संस्थाको चुक्तापूँजी १ अर्व भन्दा बढी कायम हुने, ग्राहक सदस्य संस्या २ लाख भन्दा बढी हुने, लगानीमा रहेको कर्जा रकम रु. १७ अर्ब भन्दा बढी हुने र संस्थाको शाखा सञ्जाल देशको सातै प्रदेशको ७४ जिल्लाहरुमा विस्तार भएर कुल शाखा संख्या २०४ पुग्ने जनाएको छ ।






