• Trending:

सत्ता गठबन्धनले सातै प्रदेशमा आम निर्वाचन लक्षित संयुक्त भेला गर्ने

सत्ता गठबन्धनले सातै प्रदेशमा आम निर्वाचन लक्षित संयुक्त भेला गर्ने

Economist Nepal

Fri, Asoj 28 2079

सत्ता गठबन्धनले सातै प्रदेशमा आम निर्वाचन लक्षित संयुक्त भेला गर्ने


२८ आश्विन २०७९, शुक्रबार

Gathabandhan new

काठमाडौं । सत्ता गठबन्धनले आगामी मंसिर ४ गतेका लागि तय भएको आम निर्वाचनलाई लक्षित गर्दै सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने भएको छ ।

‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ भन्ने मूल नाराका साथ गठबन्धनले संयुक्त कार्यकर्ता भेला गर्न लागेको हो । बिहीबार बसेको गठबन्धनको बैठकले कात्तिक ४ गते गण्डकी प्रदेशको पोखरामा भेला गर्ने निर्णय गरेको हो । कार्यक्रमको व्यवस्थापन नेकपा एकीकृत समाजवादीले गर्ने जनाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

यस्तै कार्तिक ४ गते लुम्बिनी प्रदेशको बुटवलमा नेपाली कांग्रेसले भेलाको व्यवस्थापन गर्ने छ । कार्तिक ५ गते विराटनगरमा हुने भेला पनि कांग्रेसले नै व्यवस्थापन गर्नेछ ।

city
ncll 2

कार्तिक ५ गते जनकपुर, कार्तिक ६ गते धनगढीमा भेला हुनेछ । भेलाको क्रमशः कांग्रेस र माओवादी केन्द्रले व्यवस्थापन गर्नेछ । यस्तै कार्तिक ६ गते सुर्खेतमा नेपाली कांग्रेसले भेलाको व्यवस्थापन गर्ने र कार्तिक ७ गते काठमाडौंमा हुने भेलाको माओवादी केन्द्रले व्यवस्थापन गर्नेछ ।

jagdamba.cement
nepal liquors

कार्यक्रममा पार्टीका केन्द्रीय समिति सदस्य, पार्टी प्रदेश पदाधिकारी तथा जिल्लाबाट प्रमुख सहित ३–३ जना सहभागी हुने गठबन्धनले जनाएको छ ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.