• Trending:

गुल्मीका यी स्थानमा आज विद्युत आपूर्ति बन्द हुने

गुल्मीका यी स्थानमा आज विद्युत आपूर्ति बन्द हुने

Economist Nepal

Fri, Asoj 28 2079

गुल्मीका यी स्थानमा आज विद्युत आपूर्ति बन्द हुने


bijuli

गुल्मी । गुल्मीका विभिन्न स्थानमा आज (शुक्रबार) विद्युत आपूर्ति बन्द हुने भएको छ । बिहीबार नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रले सूचना जारी गर्दै विद्युत आपूर्ति बन्द हुने जनाएको हो ।

नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्र तम्घासका अनुसार रिडीदेखि बिरवाससम्म ३३ केभी लाइनको नजिक पर्न गएका रुखका हाँगाबिगा काट्ने कार्य गर्ने भएकोले बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत आपूर्ति बन्द हुन लागेको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

गुल्मीदरबार गाउँपालिका, छत्रकोट गाउँपालिका, रुरुक्षेत्र गाउँपालिका र सत्यवती गाउँपालिकाको थानापति, बलेटक्सार, रिमुवा, थोर्गा, पानीटंकी, बम्घा, भेडुवा, श्रीङ्गा, विरवास, लुम्छा, जोहाङ्ग, खैरेनी, अस्लेवा र रानीबास लगायतका ठाउँ स्थानमा विद्युत आपूर्ति प्रभावित हुने भएको छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.