• Trending:

सत्ता गठबन्धनको दुई तिहाइ बहुमत आउँछ : वरिष्ठ नेता पौडेल

सत्ता गठबन्धनको दुई तिहाइ बहुमत आउँछ : वरिष्ठ नेता पौडेल

Economist Nepal

Fri, Asoj 28 2079

सत्ता गठबन्धनको दुई तिहाइ बहुमत आउँछ : वरिष्ठ नेता पौडेल


२८ आश्विन २०७९, शुक्रबार

Ramchandara poudel scaled

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारूढ गठबन्धनको दुई तिहाइ बहुमत आउने दाबी गरेका छन् । नेपाली कांग्रेस क्षेत्र नम्बर १ तनहुँले बिहीबार बीपी स्मृति भवन दमौलीमा गरेको अगुवा कार्यकर्ता अन्तरक्रिया कार्यक्रममा उनले दुईतिहाइ बुहमत ल्याउनैका लागि गठबन्धन भएको बताए ।

संविधान, गाउँको अधिकार, दलित, महिला, अल्पसंख्यक, उपेक्षित वर्ग, जनजातिले पाएको अधिकार रक्षाका लागि गठबन्धन अपरिहार्य रहेको उनको भनाइ थियो । ‘नेपालको संविधानको रक्षा र प्रतिगमन विरुद्धको लडाइँका लागि गठबन्धन आवश्यक परेको हो’, वरिष्ठ नेता पौडेलले भने। उनले कार्यकर्तालाई अधिनाकवाद विरुद्ध लड्न गाउँ–गाउँमा पुगेर गठबन्धनका उम्मेदवारलाई जिताउन लाग्न कार्यकर्तालाई आग्रह गरे ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले जनताको लामो सङ्घर्ष, त्याग र बलिदानीले प्राप्त लोकतान्त्रिक अधिकारलाई समाप्त पार्ने खेलका विरुद्ध सत्तारूढ गठबन्धनका उम्मेदवारलाई विजय गराउन कार्यकर्तालाई आग्रह गरे ।

city
ncll 2

कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा तनहुँ क्षेत्र नं १ को ‘ख’ का उम्मेदवार हरिबहादुर चुमानले गठबन्धनले जनताको अधिकार रक्षा गर्न सकेको उल्लेख गर्दै गठबन्धनकै नेतृत्वमा पुनः सरकार बनाउन चुनावी तालमेल गर्नुपरेको बताए । रासस

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.