
काठमाडौं । आर्सनल युरोपा लिगको नकआउट चरण नजिक पुगेको छ । बिहीबार राति भएको खेलमा बोडो-ग्लिम्ट लाई १–० ले पराजित गर्दै आर्सनलले लिगको नकआउट चरणको यात्रा बलियो बनाएको हो ।
बिहीबारको खेलमा जित हात पारेसँगै आर्सनल समूह एमा ३ खेलबाट ९ अंक हात पारेको छ । दोस्रो स्थानमा रहेको पीएसभीको समान खेलबाट ७ अंक छ । बोडो ग्लिम्टले ४ अंक हात पारेको छ ।
Comments
Related News




