• Trending:

कांग्रेस केन्द्रीय सम्पादन समितिको बैठक बस्दै, घोषणा पत्रलाई अन्तिम रुप दिने

कांग्रेस केन्द्रीय सम्पादन समितिको बैठक बस्दै, घोषणा पत्रलाई अन्तिम रुप दिने

Economist Nepal

Fri, Asoj 28 2079

कांग्रेस केन्द्रीय सम्पादन समितिको बैठक बस्दै, घोषणा पत्रलाई अन्तिम रुप दिने


२८ आश्विन २०७९, शुक्रबार

congress 2 scaled
फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सनेपामा दिउँसो २ बजे बस्ने बैठकमा घोषणापत्रको मस्यौदालाई अन्तिम रुप दिने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यसैगरी बैठकमा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको तयारी, निर्वाचनका लागि विभिन्न परिचालन समिति गठन गर्नेलगायत समसामयिक विषयमा छलफल हुने उनले बताए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

आगामी आमनिर्वाचनका लागि कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा गठन गरेको घोषणपत्र तयारी समितिले देशभरबाट विभिन्न उपसमितिमार्फत सुझाव सङ्कलन गरी मस्यौदा तयार गरिसकेको छ ।

city
ncll 2

निर्वाचनमा दलहरुका उम्मेदवार प्रचारमा जुटिसक्दा पनि दलले घोषणापत्र जारी नगरिसकेको अवस्थामा कांग्रेसले घोषणापत्रको मस्यौदालाई अन्तिम रुप दिन लागेकोे हो । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि देशभरका सबै उम्मेदवारलाई यही असोज २६ गते चुनाव चिन्ह प्रदान गरेसँगै सबै उम्मेदवार आफ्नो प्रचारप्रसारमा जुटिसकेका छन् ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.