• Trending:

मुख्यमन्त्री राउतले हटाए कांग्रेसका तीन मन्त्री

मुख्यमन्त्री राउतले हटाए कांग्रेसका तीन मन्त्री

Economist Nepal

Fri, Asoj 28 2079

मुख्यमन्त्री राउतले हटाए कांग्रेसका तीन मन्त्री


२८ आश्विन २०७९, शुक्रबार

lalbabu raut 1

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसबाट मन्त्री बनेका तीन जनालाई पदमुक्त गरेका छन् । माओवादी केन्द्र र एकीकृत समाजवादीका मन्त्री र राज्यमन्त्रीलाई भने हटाइएको छैन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषदबाट जसपाका मन्त्रीलाई पदमुक्त गरेपछि राउतले पनि मधेश सरकारको मन्त्रिपरिषदबाट नेपाली काँग्रेसका ३ मन्त्रीलाई बर्खास्त गरेका हुन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

कांग्रेसबाट मधेस प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह छन् । उनीहरुलाई मुख्यमन्त्री राउतले फोन गरी राजीनामा दिन भनेका थिए । तर राजीनामा नदिएपछि बर्खास्त गरेका एक मन्त्रीले जानकारी दिए ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.