• Trending:

बाढी–पहिरोले १७ जना अझै बेपत्ता, थप दुई जनाको शव भेटियो

बाढी–पहिरोले १७ जना अझै बेपत्ता, थप दुई जनाको शव भेटियो

Economist Nepal

Fri, Asoj 28 2079

बाढी–पहिरोले १७ जना अझै बेपत्ता, थप दुई जनाको शव भेटियो


२८ आश्विन २०७९, शुक्रबार

pahiro 4

कालीकोट । कालीकोटमा बाढी पहिरोमा परेर १७ जना अझै बेपत्ता रहेका छन् । कालीकोटमा पहिरोमा परेर २३ जना बेपत्तामध्ये छ जनाको शव भेटिएको छ ।

पहिरोमा पुरिएका थप दुई जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आइतबार पहिरोमा पुरिएका तिलागुफा नगरपालिका– ७ वालीका धु्रवराज विष्ट र उनकी छोरीको शव प्रहरीले बिहीबार पहिरोबाट निकालेको जनाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

विष्टको परिवारका पाँच जना पहिरामा पुरिएर बेपत्ता भएको तीमध्ये बिहीबार प्रहरीले ध्रुवराज विष्ट र उनकी छोरी ज्यानी विष्टको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक शुभराज बमले बताए ।

city
ncll 2

‘विष्ट परिवारका चार जनाको शव भेटिएको छ’, उनले भने, ‘पहिरोमा परेर बेपत्ता भएका २३ जनामध्ये अहिलेसम्म छ जनाको मात्र शव भेटिएको छ ।’ तिलागुफा नगरपालिका–४ राँचुली गाउँका मलामी गएका १३ जना अझै हराइरहेको सूचना अधिकारी बमले जानकारी दिए ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.