• Trending:

शताब्दी पुरूष जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पुल्चोकमा

शताब्दी पुरूष जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पुल्चोकमा

Economist Nepal

Sun, Asoj 30 2079

शताब्दी पुरूष जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पुल्चोकमा


३० आश्विन २०७९, आईतवार

satyamohan

काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिकाको कार्यालय पुल्चोकमा राखिएको छ । जोशीको पार्थिव शरीर अध्ययनका लागि राखिने भए पनि अन्तिम श्रद्धाञ्जलीका लागि महानगरपालिका परिसरमा राखिएको हो ।

1665902355 viber image 2022 10 16 12 09 45 195

आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको उपचारको क्रममा ललितपुरस्थित किस्ट अस्पतालमा १०३ वर्षको उमेरमा निधन भएको थियो । जोशी विगत लामो समयदेखि प्रोटेस्ट तथा मुटुको समस्याबाट पीडित थिए भने उनलाई पछिल्लो समय डेंगुको पनि संक्रमण थियो । डेंगु संक्रमणपछि उनलाई असोज २३ गते छातीमा निमोनियाको संक्रमण साथै मुटुको चाल सम्बन्धी समस्या देखिएको थियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

यस्तै अक्सिजन कमी भएर वनलाई सघन उपचार कक्षमा राखेर गरेर उपचार भइरहेको थियो । ललतिपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनका अनुसार ११ः३० देखि १२ बजेसम्म अस्पतालको प्राङ्गणमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको हो ।
त्यस्तै १२ बजेदेखि १२ः३० बजेसम्म पालिका अस्पतालबाट ललितपुर महानगरपालिकामा ल्याउने र १२ः३० देखि अपरान्ह ४ बजेसम्म महानगरपालिकाको प्राङ्गणमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने बताइएको छ ।

city
ncll 2
1665902150 viber image 2022 10 16 12 09 47 059

त्यस्तै ४ बजेदेखि ४ः३० बजेसम्म पुनः किस्ट अस्पतालमा लगेर आफ्नो शरीर मृत्युपर्यान्त मेडिकल साइन्सका विद्यार्थीहरुलाई अध्ययनका लागि हस्तान्तरण गरिने प्रणअनुसार किस्ट मेडिकल कलेजलाई हस्तान्तरण गर्ने कार्यतालिका रहेको मेयर महर्जनले जानकारी दिएका छन् ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.