• Trending:

डोकोमा बोकेर दुर्गम गाउँमा ‘फगिङ्ग मेसिन’

डोकोमा बोकेर दुर्गम गाउँमा ‘फगिङ्ग मेसिन’

Economist Nepal

Sun, Asoj 30 2079

डोकोमा बोकेर दुर्गम गाउँमा ‘फगिङ्ग मेसिन’


३० आश्विन २०७९, आईतवार

dengue gun

उदयपुर । उदयपुरको कटारी नगरपालिकामा डेंगु संक्रमण बढ्दै गएपछि नगरपालिकाले लामखुट्टे नष्ट गर्ने अभियानलाई गाउँ तह सम्म पुर्‍याएको छ । कटारीमा अहिलेसम्म २९ जनामा डेंगु पुष्टि भएको छ ।

नगरपालिकाले दुर्गम गाउँहरूमा फगिङ्ग गरी लामखुट्टे नष्ट गरेको छ । १४ वडा रहेको नगरपालिकाको पहाडी भेग तथा पैदल जंगलको बाटो छिचोलेर स्वास्थ्यकर्मी लामखुट्टे नष्ट तथा स्वास्थ्य परीक्षण गर्न पुगेका छन् । नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख सुरेस दाहालले शंकास्पद ज्वरोका बिरामी देखिएपछि कटारी नगरपालिका–१ को विकट गाउँ एक्लेसल्लामा समेत स्वास्थ्यकर्मीको टोली पठाएको जनाएका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

कटारीका विकट गाउँमा नगरपालिकाको टोली डोकोमा फगिङ्ग मेसिन लिएर लामखुट्टे नष्ट गर्न पुगेको छ । कटारी अस्पतालका सूचना अधिकारी नविन बस्नेतले अस्पतालमा नियमित ज्वरोका बिरामी आउने गरेको बताए । ‘ज्वरोमा पनि प्लेटलेस कम भएकालाई मात्रै डेंगु परीक्षण गर्ने गरेका छौं ।’

city
ncll 2

बस्नेतले भने, ‘ज्वरो आउने बित्तिकै डेंगुको शंका लागेर आउनेको संख्या बढ्दो रहेको छ । सवारीसाधन नपुगेका विकट गाउँगाउँमा समेत डोकोमा आवश्यक सामग्री बोकेर नगर प्रहरीको टोली लामखुट्टे नष्ट गर्न पुगेको छ ।’

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.