• Trending:

जोशीको निधनमा एक दिन शोक बिदा दिने सरकारको घोषणा

जोशीको निधनमा एक दिन शोक बिदा दिने सरकारको घोषणा

Economist Nepal

Sun, Asoj 30 2079

जोशीको निधनमा एक दिन शोक बिदा दिने सरकारको घोषणा


३० आश्विन २०७९, आईतवार

311377592 5444568432322481 1039324345636974440 n1665908431

काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानमा सरकारले एक दिन राष्ट्रिय शोक बिदा दिने भएको छ ।
जोशीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पणका लागि आइतबार ललितपुर महानगरपालिकाको प्रांगणमा पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सो जानकारी गराएका हुन् ।

CKK KTM 0684

उनले बिदा दिइने दिनबारे भने खुलाएनन् । जोशीको पार्थिव शरीरलाई अहिले ललितपुर महानगरको प्रांगणमै राखिएको छ । आज अपराह्न ४ बजेसम्म जोशीको पार्थिव शरीर त्यहाँ राखिनेछ । त्यसपछि ग्वार्कोस्थित किस्ट मेडिकल कलेजको जिम्मा लगाइने बताइएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

जोशीकै इच्छाअनुसार उनको शरीर अस्पताललाई सुम्पने तयारी छ । यसअघि, आजै प्रधानमन्त्री शेरबहादुर देउवाले जोशीको सम्झनामा सरकारले योजना बनाएर काम गर्ने बताएका थिए ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.