• Trending:

सता गठबन्धन नेतामा मात्रै सीमित छ, कार्यकर्तामा छैन : महेश बस्नेत

सता गठबन्धन नेतामा मात्रै सीमित छ, कार्यकर्तामा छैन : महेश बस्नेत

Economist Nepal

Sun, Asoj 30 2079

सता गठबन्धन नेतामा मात्रै सीमित छ, कार्यकर्तामा छैन : महेश बस्नेत


३० आश्विन २०७९, आईतवार

mahesh basnet

भक्तपुर । नेकपा एमालेबाट भक्तपुर–२ का उम्मेदबार महेश बस्नेतले सता गठबन्धन नेतास्तरमा मात्रै सीमित रहेको दाबी गरेका छन् । ‘गबन्धन नेताहरूबीच मात्रै छ, कार्यकर्ताबीचमा कुनै गठबन्धन छैन,’ उनले भने, ‘त्यसकारण यो गठबन्धनले एमालेलाई केही असर गर्दैन ।’

प्रेस चौतारी भक्तपुरले आइतबार आयोजना गरेको अन्तरक्रियामा बस्नेतले आफू जनस्तरमा पुग्दा गठबन्धनविरुद्ध सत्ता गठबन्धनकै कार्यकर्ताहरू रहेको पाएको दाबी गरे । यही कारण आफूहरूले ती कार्यकर्तासँंग भेटिरहेको उनको भनाइ थियो । ‘हामी सता गठबन्धनका कार्यकर्ताहरुलाई भेटिरहेका छु, ती कार्यकर्ताहरु हामीप्रति सकारात्मक छन्,’ उनले भने ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

आफू विजयी भए भक्तपुरलाई भ्रष्टाचारमुक्त जिल्लाको रुपमा विकास गर्ने पनि बताए । ‘भक्तपुरमा काम गर्दा एक पैसा पनि कहीकतै घुस दिन नपर्ने गरी सिंगो भक्तपुरलाई नै भ्रष्टाचारमुक्त बनाउँंछु,’ वस्नेतले भने ।

city
ncll 2

पछिल्लो पटक दोब्बर मतले विजयी भएकोमा यो पटक दोब्बर होइन, तेब्बर बढी मतले विजयी हुने उनले दाबी गरे । उनले भक्तपुर–२ मा विकासको लहर ल्याएको तर त्यसलाई कांग्रेसले रोकेको आरोप पनि लगाए । कांग्रेसको यहि कामले गर्दा यसपटक मत अझ बढ्ने उनको भनाइ दाबी छ ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.