• Trending:

आयल निगमलाई एक लिटर पेट्रोलमै साढे १४ रुपैयाँ बढी नाफा, तर तत्काल भाउ नघटाउने

आयल निगमलाई एक लिटर पेट्रोलमै साढे १४ रुपैयाँ बढी नाफा, तर तत्काल भाउ नघटाउने

Economist Nepal

Mon, Asoj 31 2079

आयल निगमलाई एक लिटर पेट्रोलमै साढे १४ रुपैयाँ बढी नाफा, तर तत्काल भाउ नघटाउने


३१ आश्विन २०७९, सोमबार

petrol picturer1

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ तत्काल नघटाउने स्पष्ट पारेको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ घटेका कारण नाफामा रहेको र तिहार छठलगायतलाई ध्यान दिएर भाउ घटाउन माग बढिरहेका बेला निगमले विज्ञप्ति निकालेर तत्काल भाउ नघटाउने बताएको हो ।

भारतीय आयल कर्पोरेशनबाट नियमित भाउ घटेर आइरहेको भए पनि निगमले पुरानो नोक्सानीलाई देखाएर मूल्य समायोजन गरेको छैन । निगमले निकालेको विज्ञप्तिमा भारतबाट हिजो आइतवार प्राप्त नयाँ मूल्य सूचीअनुसार फेरि भाउ बढेर आएको र पुरानो घाटा रहेकोले भाउ घटाउन नसकिने उल्लेख छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

हिजो केही भाउ बढेर आउँदा पनि निगम अझै १५ दिनमा ३९ करोड रुपैयाँ नाफामा रहेको विज्ञप्तिमा उल्लेख छ । नयाँ मूल्य सूचीअनुसार निमगलाई डिजलमा प्रतिलिटर ६ रुपैयाँ ३४ पैसा र ग्यासमा प्रतिसिलिन्डर तीन सय २५ रुपैयाँ घाटा रहेको विज्ञप्तीमा उल्लेख छ । तर निगमलाई पेट्रोल लिटरमा १४ रुपैयाँ ५६ पैसा, मट्टीतेलमा ३८ रुपैयाँ ५८ पैसा र हवाई इन्धन आन्तरिकतर्फ ४० रुपैयाँ ७८ पैसा तथा अन्तर्राष्ट्रियतर्फ ९० रुपैयाँ ९८ पैसा नाफा छ ।

city
ncll 2

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.