• Trending:

कमेडियन अपूर्व क्षितिजविरुद्ध एक साथ चार मुद्दा

कमेडियन अपूर्व क्षितिजविरुद्ध एक साथ चार मुद्दा

Economist Nepal

Wed, Kartik 2 2079

कमेडियन अपूर्व क्षितिजविरुद्ध एक साथ चार मुद्दा


२ कार्तिक २०७९, बुधबार

apurva khsitij 9Aw6NC7GCO

काठमाडौं । प्रहरी हिरासतमा रहेका कमेडियन अपूर्व क्षितिजविरुद्ध एक साथ चार मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा चार वटा मुद्दा दर्ता गराएको हो ।

जातीय विवेदविरुद्धको कसुर, सार्वजनिक शान्ति खलल पुर्‍याउन नहुने कसुर, सामाजिक रीतिथिति खलल गर्न नहुने कसुरका साथै सार्वजनिक सेवा अवरुद्ध गर्न नहुने, जातिवादका आधारमा छुवाछुत गर्न नहुने र अपमानजनक व्यवहार गर्न नहुने कसुरमा मुद्दा दायर गरेको जिल्ला सरकारी वकिल कार्यालय काडमाडौंका प्रमुख अच्युतमणि नेउपानेले जानकारी दिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

जातीय विभेदसम्बन्धी कसुर गरेको आरोपमा प्रहरीले उनलाई असोज ३१ मा दोस्रो पटक पक्राउ गरेर हिरासतमा राखेको थियो । कोरोना भाइरस संक्रमण भएपछि यसअघि उनी भदौ २२ मा हाजिर जमानीमा रिहा भएका थिए । बुधवार सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता गरेसँगै बिहीबारदेखि उनीविरुद्ध थुनछेक बहस शुरु हुने बताइएको छ ।

city
ncll 2

अपूर्वमाथि नेवाः समुदायको भावनामा आँच पुर्‍याएको आरोप छ । कमेडी क्याफे नामक युट्युब च्यानलबाट अपलोड गरिएको ‘नेवारको परम्परा’ शीर्षकको सामग्रीमा नेवारी समुदायले आपत्ति जनाएको थिए । विवाद भएपछि सिंहले सो भिडियो युट्युबबाटै हटाएका छन् । उनी भदौ १२ मा पहिलो पटक पक्राउ परेका थिए ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.