Naya Page

तिहारका लागि ‘असर्फी’ लिनेको लाम {फोटो फिचर}
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) देखि तिहारको लागि सुन र चाँदीको सिक्का बिक्री गर्न थालेको छ । तिहारको धनतेरसका दिन सुनचाँदीका गहना बनाउने, सिक्का साट्ने चलन छ ।
यसरी सिक्का साट्न आज बिहानैदेखि बबरमहलस्थित टक्सार, नेपाल बैंकको साखामा सर्वसाधारणको लाइन लागेको छ । २.५ ग्राम असर्फीको बिक्री मूल्य २० हजार सात सय २६ रुपैयाँ, पाँच ग्राम असर्फीको मूल्य ४१ हजार चार सय ५१ रुपैयाँ र १० ग्राम असर्फीको मूल्य ८२ हजार नौ सय दुई रुपैयाँ तोकिएको छ ।
तिहार नजिकै आएसँगै टक्सार विभागमा असर्फी किन्नेको घुइँचो लागेको छ । तिहारमा बिक्री गर्न विभागले सुन र चाँदीको असर्फी छपाइ गर्दै आएको छ ।
असर्फी बिक्रीका लागि विभागले कोटा तोकेको छ । विभागले गणेश र लक्ष्मीको फोटो अंकित असर्फी तयार गरेको छ । नेपालमा सिक्का उत्पादन गर्न छाडे पनि टक्सार विभागले वर्षेनी दशैं र तिहारमा असर्फी र चाँदीको सिक्का बनाउँदै आएको छ ।
हेर्नुस् तस्वीरहरु









