• Trending:

‘के घर के डेरा’ र ‘नालापानी’ आजबाट देशभर प्रदर्शनमा

‘के घर के डेरा’ र ‘नालापानी’ आजबाट देशभर प्रदर्शनमा

Economist Nepal

Fri, Kartik 4 2079

‘के घर के डेरा’ र ‘नालापानी’ आजबाट देशभर प्रदर्शनमा


ke ghar ke dera and nalapani 1536x994 1

काठमाडौं । दीपेन्द्र के खनाल निर्देशित नेपाली फिल्म ‘के घर के डेरा’ र रिमेश अधिकारी निर्देशित ‘नालापानी’ आज (शुक्रबार) बाट देशभर नेपाली सिनेमाघरमा प्रदर्शन हुँदैछ ।

k ghar k dera large

तिहारलाई लक्षित गर्दै आजबाट ‘के घर के डेरा’ र ‘नालापानी’ प्रदर्शनमा आउन लागेको हो । अभिनेता दयाहाङ राईसँगै विपीन कार्की, सुरक्षा पन्त, वर्षा राउत, रवीन्द्र झा लगायतका कलाकारको अभिनय रहेको ‘के घर के डेरा’ मा शहरमा डेरामा बस्नेहरुको पीडा र संघर्षको कथालाई चित्रण गरिएको चलचित्र निर्माण पक्षले जनाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
nalapani

यसैगरी, अभिनेता अर्जुनजंग शाही, देशभक्त खनाल, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय विष्फोट, पूजना प्रधान, गीता अधिकारी, सहिना भट्टराई, गीत विष्ट, युगजङ्ग कार्की लगायतको अभिनय रहेको चलचित्र ‘नालापानी’ मा सन् १८१४ मा देहरादुनस्थित नालापानीगढीमा भएको अंग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइँलाई चलचित्रमा देखाइएको बताइएको छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.