
काठमाडौं । इजरायली पदयात्रीहरूको टोली अन्नपूर्ण ट्रेल पदयात्रामा निस्किएको छ । ६० जनाको टोली अन्नपूर्ण ट्रेलतर्फ प्रस्थान गरेको हो ।
अन्नपूर्ण ट्रेल पदयात्रा गर्न ६० जना इजरायली पदयात्रीहरू १९ अक्टोबर २०२२ (२ कात्तिक) मा काठमाडौं आएका थिए । ६० जनाको टोलीमा १० जना ह्वीलचेयरमा सवार छन् । सुन्दर हिमाल पदयात्राका लागि भौतिक चुनौतीले रोक्न सक्दैन भन्ने सन्देश दिन उनीहरू ह्वीलचेयरको सहारामा पदयात्रातर्फ लागेका हुन् ।
उनीहरूलाई पदयात्रामा सहयोग गर्नको लागि अपाङ्गता केन्द्र नेपालका प्रतिनिधिले सहयोग गरेका छन् । नेपाल आएका उनीहरूलाई नेपालका लागि इजरायली राजदूत हनान गोदेरसहित नेपाली अधिकारीहरूले स्वागत गरेका थिए । उनीहरूको पदयात्राले प्रेरणा र सन्देश पठाउन आशा दूतावासले राखेको छ । दूतावासले सफल यात्राको कामना पनि गरेको छ ।






