• Trending:

सुटिङ भएको गाउँ ल्वाङमा प्रोजेक्टरबाट देखाइयो फिल्म ‘२ नम्बरी’

सुटिङ भएको गाउँ ल्वाङमा प्रोजेक्टरबाट देखाइयो फिल्म ‘२ नम्बरी’

Economist Nepal

Fri, Kartik 4 2079

सुटिङ भएको गाउँ ल्वाङमा प्रोजेक्टरबाट देखाइयो फिल्म ‘२ नम्बरी’


४ कार्तिक २०७९, शुक्रबार

2 numbari.jpg

कास्की । हलमा तेस्रो सातामा प्रदर्शनरत फिल्म ‘२ नम्बरी’ कास्कीको ल्वाङ गाउँका स्थानीय माझ देखाइएको छ । गत २१ असोजबाट प्रदर्शनमा आएको फिल्मको छायांकन ल्वाङ गाउँमै गरिएको हो ।

फिल्म देखाउन त्यहाँ पुगेका निर्माता किरण नेपाली र निर्देशक दीपेन्द्र लामाले प्रोजेक्टरको माध्यमबाट फिल्म प्रदर्शन गरेका हुन् । फिल्म हेर्न करिब दुई सय स्थानीय उपस्थित भएका थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

‘फिल्मले अहिलेसम्म सुखद व्यापार गरिरहँदा हामी यहाँका स्थानीय बासिन्दालाई धन्यवाद दिन र फिल्म देखाउन आएका हौं । स्थानीयको ठूलो सहयोगका कारण फिल्मको छायांकन गर्न सहज भएको थियो,’ निर्देशक लामाले भने ।

city
ncll 2

दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेन, बुद्धि तामाङ अभिनित यो फिल्मले २ सातामा ६ करोड माथिको ग्रस कलेक्सन गरेको बताइएको छ । फिल्मले दोस्रो सप्ताहन्तसम्म ६ करोड रुपैयाँ ग्रसभन्दा बढी कमाएको छ ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.