
विराटनगर । प्रधानमन्त्री एमव् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान रक्षाका निम्ति बनेको पाँच दलीय गठबन्धन स्वभाविक रहेको दावी गरेका छन् ।
विराटनगरमा आज (शनिबार) आयोजित कार्यक्रममा सम्बोधन गर्दै देउवाले एमालेले सत्ता गठबन्धनमाथि प्रश्न उठाएको प्रसङ्गमा अध्यक्ष केपी शर्मा ओलीमाथि नै प्रश्न गरेका छन् । ‘ओलीले पनि गठबन्धन गर्नुभएकै छ । उहाँले गर्दा हुने हामीले गर्न नहुने ?’ उनको प्रश्न छ ।
गठबन्धनबारे कुनै पनि द्वविधामा नरहने देउवाले कार्यकर्तालाई आग्रह गरेका छन् ।‘हामीले एक अर्काको चुनाव चिन्हमा भोट हालौं । कुनै पनि हालतले गठबन्धनले जित्नुपर्छ,’ उनले भने । उनले गिरिजाप्रसादले पनि शान्ति सम्झौता गर्दा नै हसियाँ हथौडामा भोट हालिसकेको बताए । उनले रूख भएको ठाउँमा रूखमा नभएको ठाउँमा हँसिया हथौडा, कलममा मत दिन आग्रह गरे ।






