
काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
चुनाव प्रचार–प्रसारमा सरकारी गाडी दुरुपयोग गरेको उजुरीका आधारमा उनलाई आयोगले स्पष्टीकरण सोधेको हो ।
मन्त्री चौधरी बारा–१ बाट प्रतिनिधिसभाका लागि गठबन्धनका साझा उम्मेदवार हुन् । मन्त्री चौधरीले चुनाव प्रचारका क्रममा सरकारले उपलबध गराएको गाडीमा निजी नम्बर राखेर हिंडिरहेको बताइएको छ ।

Comments
Related News






