• Trending:

शिक्षक चिरञ्जीवि अधिकारीलाई आयोगले सोध्यो स्पष्टीकरण

शिक्षक चिरञ्जीवि अधिकारीलाई आयोगले सोध्यो स्पष्टीकरण

Economist Nepal

Mon, Kartik 7 2079

शिक्षक चिरञ्जीवि अधिकारीलाई आयोगले सोध्यो स्पष्टीकरण


७ कार्तिक २०७९, सोमबार

nirbachan aayog

पर्वत । जिल्ला निर्वाचन कार्यालय पर्वतले शिवालय मावि कुस्माका प्रावि शिक्षक चिरञ्जीवि अधिकारीलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

अधिकारले २२ असोजमा आफ्नो फेसबुक स्टाटस्मा दल तथा उम्मेदवारको पक्षमा प्रचारप्रसार गरेकाले नियमानुसार कारबाही गरिपाउँ भनी फेसबुक स्टाटस्को छायाँप्रतिसहित लिखित उजुरी परेकाले सो निर्देशन दिएको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

निर्वाचन आचारसंहिता २०७९ को दफा ४६ तथा निर्वाचन आयोग ऐन २०७३ को दफा २३ अनुसार तपाईलाई किन कारबाही नगर्नु पर्ने हो ? पत्र प्राप्त भएको २४ घण्टाभित्र स्वयं उपस्थित भई जिल्ला निर्वाचन कार्यालयमार्फत जिल्ला आचारसंहिता अनुगमन समितिसमक्ष लिखित रूपमा स्पष्टीकरण पेश गर्न भनिएको छ ।

city
ncll 2

निर्वाचन आचारसंहिता, २०७९ को दफा १० मा विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले पालना गर्नुपर्ने अन्तर्गत खण्ड (ज) मा ‘सामाजिक सञ्जालमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारपसारका सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जालमार्फत मत माग्न नपाइने’ व्यवस्था छ ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.