• Trending:

सडक दुर्घटनामा घाइते जन्तेढुङ्गा गाउँपालिकाका पूर्व प्रमुख राईको निधन

सडक दुर्घटनामा घाइते जन्तेढुङ्गा गाउँपालिकाका पूर्व प्रमुख राईको निधन

Economist Nepal

Mon, Kartik 7 2079

सडक दुर्घटनामा घाइते जन्तेढुङ्गा गाउँपालिकाका पूर्व प्रमुख राईको निधन


७ कार्तिक २०७९, सोमबार

shankar rai2022 10 24 04 14 57

खोटाङ । सडक दुर्घटनामा गम्भीर घाइते जन्तेढुङ्गा गाउँपालिकाका पूर्व प्रमुख एवं नेकपा (एमाले) खोटाङका सचिवालय सदस्य शङ्करबहादुर राईको निधन भएको छ ।

मोटरसाइकलको पछाडि बसेर इटहरीबाट विराटनगरतर्फ जाने क्रममा गत भदौ २ गते बिहीबार राति हलगडाचोकमा पछाडिबाट आएको बा २ क ५३२५ नम्बरको माइक्रो भ्यानले ठक्कर दिँदा गम्भीर घाइते भएका पूर्व प्रमुख राईको दुई महिनापछि सोमबार निधन भएको हो । दुर्घटना लगत्तै अस्पताल लगेर टाउकोको शल्यक्रिया गरिएका उनको स्वास्थ्य अवस्था सामान्य बन्दै गएपछि स्वास्थ्यकर्मीकै सल्लाहमा घर फर्काउने क्रममा बाटैमा निधन भएको छोरा गङ्गाप्रसाद राईले बताए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

जन्तेढुङ्गा–६ धिप्लुङ स्थायी घर भएका पूर्व प्रमुख राईको शव परीक्षणपछि जन्मघरमै ल्याएर किराँत परम्पराअनुसार अन्त्येष्टि गरिने आफन्तले बताएका छन् ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.