• Trending:

एक करोड ८७ लाख ५० हजार मतपत्र छापिइसक्यो

एक करोड ८७ लाख ५० हजार मतपत्र छापिइसक्यो

Economist Nepal

Tue, Kartik 8 2079

एक करोड ८७ लाख ५० हजार मतपत्र छापिइसक्यो


८ कार्तिक २०७९, मंगलवार

Matpatra 2 scaled

काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ ३३ जिल्लाको ९६ लाख ७४ मतपत्र छपाइ सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार प्रदेश सभातर्फ ३३ जिल्लाको ९० लाख ७६ हजार ५०० मतपत्र छपाइ सकिएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि कूल १ करोड ८७ लाख ५० हजार मतपत्र छपाइ भइसकेको छ ।

समानुपातिकतर्फ ९ जिल्लाको मतपत्र ढुवानी गर्न बाँकी छ । बाँकी रहेका जिल्लाहरू मनाङ, मुस्ताङ, अछाम, बाजुरा, कालिकोट, मुगु, हुम्ला, जुम्ला र डोल्पा छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

प्रतिनिधिसभातर्फ समानुपातिक निर्वाचनका लागि १ करोड ९३ लाख १३ हजार मतपत्र ढुवानी सम्पन्न भइसकेको छ । प्रदेशसभातर्फ १ करोड ९३ लाख १३ हजार ढुवानी मतपत्र ढुवानी सम्पन्न भइसकेको छ । प्रतिनिधिसभातर्फ ५ लाख ५८ हजार मतपत्र र प्रदेशसभातर्फ ५ लाख ६७ हजार मतपत्र ढुवानी हुन बाँकी छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.