• Trending:

चुनाव प्रचारमा मन्त्रीहरूले हेलिकोप्टर प्रयोग गरेपछि आयोगले चाल्यो यस्तो कदम

चुनाव प्रचारमा मन्त्रीहरूले हेलिकोप्टर प्रयोग गरेपछि आयोगले चाल्यो यस्तो कदम

Economist Nepal

Tue, Kartik 8 2079

चुनाव प्रचारमा मन्त्रीहरूले हेलिकोप्टर प्रयोग गरेपछि आयोगले चाल्यो यस्तो कदम


८ कार्तिक २०७९, मंगलवार

nirbachan aayog

काठमाडौ । निर्वाचन आयोगले निर्वाचन आचार संहिता, २०७९ को दफा ५ को खण्ड (क) तथा खण्ड (क १) लगायतका सम्पूर्ण व्यवस्थाको पालना गर्न तथा गराउन सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको छ ।
उसले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन नेपाल सरकार तथा प्रदेश सरकारको समेत मुख्य जिम्मेवारी भएको समेत स्मरण गराएको छ ।

नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्री लगायतका पदाधिकारीले निर्वाचन प्रचार प्रसार सम्बन्धी कार्यका लागि हेलिकप्टरलगायत सरकारी स्रोत साधनको प्रयोग गर्ने गरेको भनी विभिन्न माध्यमबाट सूचना प्राप्त भएकाले सो कार्यलाई नियन्त्रण गर्न आयोगले सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को खण्ड (क) ले नेपाल सरकार, प्रदेश सरकार, नेपाल सरकार वा प्रदेश सरकारका मन्त्रीले गर्ने निर्वाचन प्रचारप्रसारलाई व्यवस्थित गरेको तथा सोही दफाको खण्ड (क १) ले त्यसरी प्रचारप्रसार गर्दा समेत सरकारी स्रोत साधनको प्रयोग गर्न नपाइने व्यवस्था गरेको छ ।

city
ncll 2

उल्लेखित व्यवस्था कार्यान्वयनका लागि आयोगले पटक–पटक राजनीतिक दलहरुको ध्यानाकर्षण गर्दै आएको छ । राजनीतिक दलका प्रमुख पदाधिकारीबाट निर्वाचन आचार संहिता पालनाको प्रतिबद्धतासमेत प्राप्त भए पनि पालना नभएको भन्दै आयोगले निर्देशन दिएको हो ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.