• Trending:

दल र नेताविरुद्ध लाञ्छना लगाइएका फेसबुक पेज तत्काल हटाउन आयोगको निर्देशन

दल र नेताविरुद्ध लाञ्छना लगाइएका फेसबुक पेज तत्काल हटाउन आयोगको निर्देशन

Economist Nepal

Tue, Kartik 8 2079

दल र नेताविरुद्ध लाञ्छना लगाइएका फेसबुक पेज तत्काल हटाउन आयोगको निर्देशन

नहटाए एक लाख जरिवाना र पाँच वर्षसम्म कैद हुन सक्ने


nirbachan aayog

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल र नेताहरूविरुद्ध ‘लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य-दृश्य सामग्री’ प्रकाशन गर्ने झुटो फेसबुक पेज एवं ग्रुपहरू तत्काल हटाउन निर्देशन दिएको छ । ‘नो, नट अगेन’ लगायत फेसबुक पेजहरूलाई यस्तो आग्रह गरेको हो ।

यस्ता कार्य विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २३ को उपदफा (१) तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (ञ), (ट), (ठ) र (ड) को प्रतिकूल रहेको आयोगले जनाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

‘उल्लेखित कसुर गर्ने व्यक्तिहरूलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको हुँदा झुटा फेसबुक पेज /ग्रुपहरू तत्काल हटाइ उप्रान्त यस किसिमका गतिविधि नगर्न सम्बन्धित सबैलाई जानकारी गराइन्छ’, आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘साथै, उक्त फेसबुक पेज / ग्रुपहरू तत्काल नहटाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने बेहोरा समेत जानकारी गराइन्छ ।’

city
ncll 2
7 8 page1666701666
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.