• Trending:

मंसिर ४ गते हुने निर्वाचन निष्पक्ष र शान्तिपूर्ण हुन्छ : प्रधानमन्त्री

मंसिर ४ गते हुने निर्वाचन निष्पक्ष र शान्तिपूर्ण हुन्छ : प्रधानमन्त्री

Economist Nepal

Wed, Kartik 9 2079

मंसिर ४ गते हुने निर्वाचन निष्पक्ष र शान्तिपूर्ण हुन्छ : प्रधानमन्त्री


९ कार्तिक २०७९, बुधबार

Deuwa 2 scaled

काठमाडौं । काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आउँदो मंसिर ४ गते हुने निर्वाचनलाई सरकारले निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने बताएका छन् ।

नेपाल संवत् ११४३ को अवसरमा भक्तपुर ठिमीमा बुधबार आयोजित नेपाल सवंतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको माल्यार्पण समारोहमा उनले निर्वाचन सफल बनाउन राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी वर्ग र सम्पूर्ण नागरिकले आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरेका हुन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उनले आम निर्वाचन मुलुकको संविधानको रक्षा, आर्थिक सुदृढिकरणका लागि महत्वपूर्ण हुने बताए । निर्वाचनमा सबै सक्रियताका साथ लाग्न उनले आग्रह गरे ।

city
ncll 2

देउवाले नेपालको सामाजिक इतिहासलाई उचो राख्ने शंखधर साख्वाजस्ता महान व्यक्तिबाट हामीले सिक्न जरुरी भएको बताए । उनले दलभन्दा माथि उठेर राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको धारणा राखे । उनले नेपाल संवत् नेपालीको मौलिक संवत् भएको धारणा राखे । देउवाले राष्ट्रिय विभूति साख्वाको शालिकमा माल्यार्पण समेत गरेका थिए ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.