• Trending:

बंगलादेशमा आएको आँधीबाट २८ जनाको मृत्यु, लाखौं प्रभावित

बंगलादेशमा आएको आँधीबाट २८ जनाको मृत्यु, लाखौं प्रभावित

Economist Nepal

Thu, Kartik 10 2079

बंगलादेशमा आएको आँधीबाट २८ जनाको मृत्यु, लाखौं प्रभावित


१० कार्तिक २०७९, बिहीबार

cyclone sitrang raMm6kd5CI

बंगलादेश । बङ्गलादेशमा सित्राङ नामको आँधीबाट मृत्यु हुनेहरूको संख्या २८ पुगेको छ । सित्राङबाट लाखौँ मानिस प्रभावित भएका समाचार संस्था एएफपीले जनाएको छ । आँधीका कारण बङ्गलादेशका लाखौँ व्यक्ति बिजुली सेवाविहीन भएका छन् ।

उद्धारकर्मीले ड्रेजर डुङ्गाका चालक दलका चार जना सदस्यको शव फेला पारेका छन् । योसँगै आँधीमा परी ज्यान जानेको संख्या २८ पुगेको हो । सित्राङ नामक यस आँधी दक्षिणी बङ्गलादेशमा अवतरण गरेको जनाइएको थियो । त्यसलगत्तै मानिसलाई यसले प्रभावित पारेको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

अधिकारीहरूले यस शक्तिशाली आँधी आउनुअघि झण्डै १० लाख मानिसलाई सुरक्षित स्थानमा पुर्‍याउन सफल भएको बताएका छन् । आँधीको गति ८० किलोमिटर प्रतिघण्टा रहेको र यसले अझै पनि लाखौँ मानिसको घर रहेको देशको घना जनसङ्ख्या भएको तल्लो तटीय क्षेत्रमा विनाश गर्ने अनुमान गरिएको छ । एजेन्सी

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.