• Trending:

आधा दर्जन पसल जलेर नष्ट

आधा दर्जन पसल जलेर नष्ट

Economist Nepal

Thu, Kartik 10 2079

आधा दर्जन पसल जलेर नष्ट


१० कार्तिक २०७९, बिहीबार

मकवानपुर । मकवानपरको हेटौँडा उपमहानगरपालिका–१० टिसिएनमा रहेको तरकारी बजारमा आगलागी भएको छ । आज बिहीवार टिसिएनको मिना साहको होटलबाट सल्किएको आगो तरकारी बजारमा फैलिएको हो । आगलागीबाट लाखौँ रुपैयाँको सामान जलेर नष्ट भएको छ ।

तरकारी बजारमा लागेको आगो प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा निभाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए । आगलागीबाट यहाँका आधा दर्जनभन्दा धेरै तरकारी पसल जलेर नष्ट भएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

आगलागी भएपछि बसपार्कभित्र रहेका ग्यासका सिलिन्डर पड्किँदा स्थानीयवासी त्रसित भएका थिए । तरकारी बजार नजिकै रहेको होटलबाट सल्किएको आगो हेटौँडा उपमहानगरपालिकाको दमकल तथा सशस्त्र, जनपथ प्रहरी, स्थानीयवासीको सहयोगमा झण्डै एक घण्टापछि निभाइएको हो ।

city
ncll 2

हेटौँडाको मुख्य बजार क्षेत्रमा रहेको यस तरकारी बजारमा टिन र काठले बनाइएका पूर्वाधार भएकाले आगो निभाउन कठिन भएको थियो ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.