• Trending:

लमजुङ कारागारका कैदीबन्दीले लगाए भाइटीका

लमजुङ कारागारका कैदीबन्दीले लगाए भाइटीका

Economist Nepal

Fri, Kartik 11 2079

लमजुङ कारागारका कैदीबन्दीले लगाए भाइटीका


११ कार्तिक २०७९, शुक्रबार

Tihar tika jel

लमजुङ । लमजुङ कारागारका अधिकांश कैदीबन्दीले बिहीबार भाइटीका लगाएका छन् । कैद भुक्तान गरिरहेका तथा पुर्पक्षका लागि थुनामा रहेका कैदीबन्दीलाई टीका लगाउन उनीहरूका दिदीबहिनी कारागार आएका थिए ।

पुरुष कैदीबन्दीले आफ्ना दिदीबहिनीको हातबाट सप्तरंगी टीका लगाएका छन् । दिदीबहिनीले दाजुभाइलाई टीका लगाउँदै दक्षिणा र उपहार दिए । कैदीबन्दीलाई मूल गेटबाहिर ल्याएर दिदीबहिनीसँग भेटघाट गरी टीका लगाउने व्यवस्था मिलाएको जेलर ताराबहादुर तामाङले बताए । कारागार कार्यालयको सुरक्षार्थ खटिएको नेपाली सेना र नेपाल प्रहरीले कैदीबन्दीका लागि टीका लगाउने कार्यको व्यवस्थापन गरेको थियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

बिहानको साइत ११ बजेर ३७ मिनेट जाँदाको समयदेखि कार्यालय समय साँझ ५ बजेसम्म कारागारमा टीका थाप्ने र लगाउनेको व्यवस्था मिलाएको जेलर तामाङले बताए । उनका अनुसार अधिकांशले टीका लगाए पनि दिदीबहिनी नआउँदा र दिदीबहिनी नभएका कतिपयले टीका लगाउन पाएनन् ।

city
ncll 2

महिला कैदीबन्दीका आफन्तहरू भेटघाटका लागि आए पनि दाजुभाइ नआउँदा उनीहरूको हात खाली भएको जेलर तामाङले बताए । ३५ जना क्षमताको लमजुङ कारागारमा १ सय ४ जना कैदीबन्दी छन् । महिला कैदीबन्दी ५ जना छन् ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.