• Trending:

बाराही हाइड्रोपावरको आइपीओका लागि कहिलेसम्म दिने आवेदन ?

बाराही हाइड्रोपावरको आइपीओका लागि कहिलेसम्म दिने आवेदन ?

Economist Nepal

Fri, Kartik 11 2079

बाराही हाइड्रोपावरको आइपीओका लागि कहिलेसम्म दिने आवेदन ?


११ कार्तिक २०७९, शुक्रबार

IPO

काठमाडौं । बाराही हाइड्रोपावरले कात्तिक ४ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई आइपीओ बिक्री खुला गरिरहेको छ । कम्पनीले स्थानीयलाई १ सय अंकित मूल्यमा २ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो ।

यसले बाग्लुङ्ग जिल्लाको जैमिनी नगरपालिकाको वडा नं १, ४ र ५ अर्थात् साविकको कुस्मीसेरा, सर्कुवा र विनामारे गाविसका तथा जैमिनी नगरपालिकाको स्थानिय बासिन्दाका लागि आइपीओ जारी गरेको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । छिटोमा कात्तिक १८ गतेसम्म र ढीलोमा मंसिर ४ गतेसम्म आइपीओ खुला रहनेछ । रेटिङ एजेन्सी इक्रा नेपालले बाराहीको आइपीओलाई ‘इक्रा एनपी आईआर बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।

city
ncll 2

यो आइपीओमा एनआइबीएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । लगानीकर्ताले एनएमबि बैंक र ग्लोबल आइएमई बैंकको कुस्मीसेरा शाखा, कुमारी बैंकको राहाले शाखा र गरिमा विकास बैंकको ट्राफिक चोक शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.