• Trending:

विवाद भएका ठाउँमा छलफलबाटै निष्कर्ष निकाल्छौंं : सत्ता गठबन्धन

विवाद भएका ठाउँमा छलफलबाटै निष्कर्ष निकाल्छौंं : सत्ता गठबन्धन

Economist Nepal

Fri, Kartik 11 2079

विवाद भएका ठाउँमा छलफलबाटै निष्कर्ष निकाल्छौंं : सत्ता गठबन्धन

केही स्थानमा मित्रवत प्रतिस्पर्धा हुने


११ कार्तिक २०७९, शुक्रबार

Gathabandhan new

काठमाडौं । चारदलीय सत्ता गठबन्धनले आउँदो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा केही स्थानमा देखिएका उम्मेदवारको विवाद छलफलबाटै टुंग्याउने जनाएको छ ।

आज (शुक्रबार) चारै दलका शीर्ष नेताहरूले प्रेस विज्ञप्ति जारी गर्दै विवाद देखिएका ठाउँमा छलफलबाटै निष्कर्षमा पुग्ने प्रतिबद्धता जनाएका हुन् । त्यस्तै गठबन्धनका सहमतिका उम्मेदवारहरूको सूची सार्वजनिक भइसकेको जानकारी दिँदै केही स्थानमा मित्रवत प्रतिस्पर्धा हुने पनि विज्ञप्तिमा उल्लेख छ । ती स्थानमा एकापसमा समान र सौहार्दपूर्ण व्यवहार गर्ने समझदारी भएको विज्ञप्तिमा जनाइएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

पछिल्लो पटक सत्ता गठबन्धनले रुपन्देही–२ मा नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई समर्थन गर्ने निर्णय गरेको छ ।

city
ncll 2
4 dal 20790711 28102022101213 1000x0 1
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.