• Trending:

१५ वर्षमुनिको नेपाली महिला फुटबल टोली आज बंगलादेश जाँदै

१५ वर्षमुनिको नेपाली महिला फुटबल टोली आज बंगलादेश जाँदै

Economist Nepal

Sat, Kartik 12 2079

१५ वर्षमुनिको नेपाली महिला फुटबल टोली आज बंगलादेश जाँदै


१२ कार्तिक २०७९, शनिबार

cricket 15 years

काठमाडौँ । १५ वर्षमुनिको नेपाली महिला फुटबल टोली आज (शनिबार) बंगलादेश जाँदैछ । बंगलादेशमा हुने १५ वर्षमुनिको साफ च्याम्पियनसिप खेल्न नेपाली टोली आज त्यसतर्फ जान लागेको हो ।

टोलीलाई हिजो बिदाइ गरिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव टङ्कलाल घिसिङ, एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङले खेलाडीहरुलाई बिदाइ गरेका हुन् । १५ वर्षमुनिको साफ महिला च्याम्पियनसिप कार्तिक १५ गतेदेखि २५ गतेसम्म बंगलादेशमा हुँदैछ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

च्याम्पियनसिपमा घरेलुटोली बंगलादेशसहित नेपाल र भुटान गरी तीन टिमले मात्र प्रतिस्पर्धा गर्नेछन् । डबल राउण्ड रोविन लिगका आधारमा खेलहरु हुनेछ । डबल राउन्ड रोबिन लिगपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्नेछ । नेपालले कार्तिक १७ गते भुटानसँग खेल्दै च्याम्पियनसिपको सुरुआत गर्नेछ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.