• Trending:

‘अन्तिम संस्कार’ को छायांकन सकियो

‘अन्तिम संस्कार’ को छायांकन सकियो

Economist Nepal

Sat, Kartik 12 2079

‘अन्तिम संस्कार’ को छायांकन सकियो


anm.jpg

काठमाडौं । प्रदीप शाहीको निर्देशन रहेको फिल्म ‘अन्तिम संस्कार’को छायांकन पुरा भएको छ । शाही प्रोडक्सन नेपालको ब्यानरमा निर्माण भएको फिल्मको ६० प्रतिशत छायांकन मुस्ताङको जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथ क्षेत्रमा र ४० प्रतिशत काठमाडौंमा गरिएको निर्माता विनोद सुवेदी खत्री (टाटेमित) ले बताए ।

झण्डै डेढ करोड लगानी रहेको फिल्ममा विजय लामा, दिया पुन, रेश्मा घिमिरेसहित विशाल पहाडी, कृष्णभक्त महर्जन, एवनराज उप्रेती, त्रिचु राई, श्याम राई, धर्मेन्द्र आचार्य, सुरज खालिङ राई, पासाङ टी शेर्पा, सन्तोष लामा, सरोज कुमाल, अनु मगर, रेश्मा श्रेष्ठ, सस्मिता र दिग्गजलगायतको अभिनय छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

सांस्कृतिक तथा सामाजिक कथावस्तु समेटिएको फिल्मको पोस्ट प्रोडक्सन लण्डनमा गरिनेछ । फिल्ममा बाबु श्रेष्ठको छायांकन छ । निर्देशक शाहीले यसअघि फिल्म ‘गोर्खा बिनिथ द ब्रेभरी’ निर्देशन गरिसकेका छन् ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.