• Trending:

कालीकोटमा बम विष्फोट हुँदा चार वर्षकी बालिकाको मृत्यु, चार जना गम्भीर घाइते

कालीकोटमा बम विष्फोट हुँदा चार वर्षकी बालिकाको मृत्यु, चार जना गम्भीर घाइते

Economist Nepal

Sat, Kartik 12 2079

कालीकोटमा बम विष्फोट हुँदा चार वर्षकी बालिकाको मृत्यु, चार जना गम्भीर घाइते


१२ कार्तिक २०७९, शनिबार

dead
सांकेतिक तस्वीर

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका–१० रानावाडामा बम विष्फोट हुँदा एक बालिकाको ज्यान गएको छ भने चार जना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरुमा सात वर्षीय कमल थापा, पाँच वर्षीय मुस्कान थापा, चार वर्षीय सरस्वती थापा र तीन वर्षीय पखना थापा छन् ।

कोदोबारीमा भेटिएको बम विष्फोट हुँदा चार वर्षकी बालिका झरना थापाको मृत्यु भएको जिल्ल प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

बम नयाँ हो वा पुरानो भन्ने नखुलेको जिल्ला प्रहरी प्रमुख डीएसपी जयश्वर रिमालले जानकारी दिएका छन् । गम्भीर घाइतेहरूको हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि सुर्खेत पठाइएको छ । गृहमन्त्री बालकृष्ण खाँणले घाइते बालबालिकाको उद्धारका लागि घटनास्थलमा हेलिकप्टर पठाउन गृह प्रशासनलाई निर्देशन दिएका थिए । प्रजिअ रामहरि अधिकारीले कस्तो खालको बम हो, कसले र किन राखेकादद्धे हो भन्नेबारे कुनै जानकारी नभएको बताए ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.