• Trending:

जुम्लामा बाढी–पहिरोले अबरुद्ध राष्ट्रिय प्रशारण लाइन सञ्चालनमा

जुम्लामा बाढी–पहिरोले अबरुद्ध राष्ट्रिय प्रशारण लाइन सञ्चालनमा

Economist Nepal

Sat, Kartik 12 2079

जुम्लामा बाढी–पहिरोले अबरुद्ध राष्ट्रिय प्रशारण लाइन सञ्चालनमा


१२ कार्तिक २०७९, शनिबार

Bijul pol

जुम्ला । बाढी पहिरोले अबरुद्ध भएको राष्ट्रिय प्रशारण लाइन सञ्चालनमा आएको छ । कर्णाली राजमार्गसँगै विद्युत समेत अवरुद्ध भएको थियो । कर्णाली राजमार्गको दैलेख, कालिकोट हुँदै जुम्ला राष्ट्रिय प्रसारण लाइन पुगेको छ ।

बाढी पहिरोले जुम्ला र कालिकोट खण्डमा ९० वटा पोल र तारमा क्षति भएपछि दुई सातादेखि विद्युत आपूर्ति हुन सकेको थिएन । तर, निरन्तरको कामले विद्युत सुचारु गर्न सफल भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र जुम्लाले जनाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

नेपाल विद्युत प्राधिकरण वितरण जुम्लाका प्रमुख नरेशदत्त रावललका अनुसार क्षति भएको स्थानमा मर्मतको काम सकिएपछि अहिले जुम्लामा सबै स्थानमा विद्युत आपूर्ति भएको छ । आधा महिना बढी समयसम्म विद्युत अवरुद्ध हुँदा जुम्ला अध्यारो भएको थियो ।

city
ncll 2

नेशनल ग्रीड अवरुद्ध भएपछि स्थानीय उत्पादन घुघुत्ती र जाल्पादेवि साना जलविद्युत आयोजनाको विजुलीले जुम्ला सदरमुकाम खलंगामा काम चलाइएको थियो ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.