• Trending:

संवैधानिक व्यवस्था बाहिर अभिव्यक्ति दिने छुट छैन : मन्त्री भुसाल

संवैधानिक व्यवस्था बाहिर अभिव्यक्ति दिने छुट छैन : मन्त्री भुसाल

Economist Nepal

Sat, Kartik 12 2079

संवैधानिक व्यवस्था बाहिर अभिव्यक्ति दिने छुट छैन : मन्त्री भुसाल


१२ कार्तिक २०७९, शनिबार

pamfa 2

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आफू प्रतिनिधिसभा सदस्य भएदेखि नै देश र जनताको पक्षमा भूमिका निर्वाह गर्दै आइरहेको बताएकी छन् । आज ललितपुरमा आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले आफूले पाएको जिम्मेवारीलाई इमान्दारितापूर्वक पूरा गर्दै आएको बताइन् ।

‘प्रतिनिधिसभा नीति, नियम र कार्यक्रम बनाउने थलो हो, प्रतिनिधिसभामा रहेर मैले आफ्नो राष्ट्रिय भूमिका निर्वाह गरेको छु’, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ का उम्मेदवार भुसालले भनिन्, ‘मुलुकमा राजनीतिक स्थायित्व ल्याउन र आर्थिक, सामाजिक विकासका एजेण्डालाई पूरा गर्न सधैँभर लागिपर्छु ।’ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

आफू कुनै विरासतका आधारमा राजनीतिमा नआएको उल्लेख गर्दै उनले लैङ्गिकरूपमा महिला भए पनि कहिल्यै त्यसरूपमा प्रस्तुत नगरेको बताइन् । ‘मैले ४४ वर्ष ललितपुरको भू–भागमा बिताएको छु’, उनले भनिन्, ‘राजनीतिक परिवर्तनका साथै राष्ट्र र जनताको निम्ति आफ्नो जीवन यही समर्पित गरेको छु ।’

city
ncll 2

प्रतिनिधिसभा सदस्यका लागि मतदाता सूचीमा नाम भएका व्यक्तिले जुनसकै क्षेत्रबाट पनि उम्मेदवार दिन सक्ने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै संवैधानिक दायराभन्दा बाहिर गएर अभिव्यक्ति दिने स्वतन्त्रता कसैलाई पनि नभएको बताइन् ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.