• Trending:

विष्फोटबाट नेपाली बालक मारिएको घटनामा भारतीय पक्षले स्वीकार्‍यो गल्ती

विष्फोटबाट नेपाली बालक मारिएको घटनामा भारतीय पक्षले स्वीकार्‍यो गल्ती

Economist Nepal

Sat, Kartik 12 2079

विष्फोटबाट नेपाली बालक मारिएको घटनामा भारतीय पक्षले स्वीकार्‍यो गल्ती


१२ कार्तिक २०७९, शनिबार

pawan mahara darchula 1

धनगढी । आफ्नो लापरबाहीका कारण दार्चुलामा एक बालकको मृत्यु भएको निर्माण कम्पनी गर्ग एण्ड गर्गले स्वीकार गरेको छ । शनिबार दुई पक्षीय छलफलका क्रममा आफूहरूको लापरबाहीका कारण ९ वर्षीय बालक पवन महराको मृत्यु भएको निर्माण कम्पनीले स्वीकार गरेको हो ।

उक्त घटनामा भारतीय सडक निर्माण कम्पनीले आफ्नो गल्ती भएको स्वीकार गरेको व्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले बताए । अध्यक्ष धामीका अनुसार भारतीय कम्पनीले मृतक पवनको परिवारका अन्य बालबालिकालाई कक्षा १२ सम्म पढाउने र परिवारको एक जनालाई कम्पनीमा रोजगारी दिने प्रारम्भिक सहमति भएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

तर, निजी कम्पनी भएकाले आफूहरूलाई रोजगारीभन्दा पनि उचित क्षतिपूर्ति दिनुपर्ने परिवारको माग छ । शुक्रबार जिल्लाको व्यास गाउँपालिका–२ मा भारतीय पक्षले महाकाली नदीपारी सडक निर्माण गर्दैगर्दा ती नेपाली बालकमाथि ढुङ्गाले लागेको थियो ।

city
ncll 2

घटनापछि शनिबार पीडित परिवारलाई लिएर दार्चुलाका जनप्रतिनिधिको टोली छलफलका लागि भारत गएको थियो । अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा बिना सूचना विष्फोट गराएर ज्यादती गरेकोले यथाशीघ्र यस्तो गतिविधि रोक्न उनीहरुले भारतीय पक्षलाई आग्रह गरेका छन् ।

jagdamba.cement
nepal liquors

‘पहाड फुटाउनका लागि गरिने विष्फोटले नेपालीले बारम्बार दुःख पाउँदै आएका छन्, आइन्दा यस्ता घटना नदोहोरिउन्, त्यसका लागि के गर्ने, सोच्नु पर्छ,’ पालिका अध्यक्ष धामीले भने, ‘विष्फोटले नेपालतर्फको बाटो समेत हिँड्न नसकिने भएको छ ।’

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.