
काठमाडौँ । युरोपा लिगमा पीएसभी आयनओभनविरुद्धको हार बिर्साउँदै आर्सनलले आइतबार इङलिस प्रिमियर लिगमा नटिङघम फरेस्टलाई ५–० ले हराएको छ । यससँगै आर्सनल फेरि लिग तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।
यस जितमा ग्याब्रिएल जेससले दुई गोल गरे भने अन्य गोल ग्याब्रिएल मार्टिनेल, बुकायो साका र रेस नेल्सनको नाममा रह्यो । आर्सनलको १२ खेलबाट ३१ अंक भएको छ र यो दोस्रोमा रहेको म्यानचेस्टर सिटीमाथि दुई अंकको अग्रता हो ।
आइतबारको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले वेस्ट ह्यामलाई १–० ले पराजित ग¥यो । त्यसमा मार्कस रसफोर्डले निर्णायक गोल गरे र उनको युनाइटेडका लागि सयौं व्यक्तिगत गोल रह्यो । म्यानचेस्टरको १२ खेलबाट २३ अंक भएको छ र पाँचौँ स्थानमा उक्लेको छ ।
Comments
Related News






