• Trending:

उर्लाबारीमा छठ पूजा हेर्न गएका १४ वर्षीय किशोरको छुरा हानी हत्या

उर्लाबारीमा छठ पूजा हेर्न गएका १४ वर्षीय किशोरको छुरा हानी हत्या

Economist Nepal

Mon, Kartik 14 2079

उर्लाबारीमा छठ पूजा हेर्न गएका १४ वर्षीय किशोरको छुरा हानी हत्या


१४ कार्तिक २०७९, सोमबार

Mirtak shrestha1667189578

विराटनगर । मोरङको उर्लाबारीमा छठ हेर्न गएका किशोरमाथि छुरा प्रहार हुँदा मृत्यु भएको छ । उर्लाबारी नगरपालिका–७ स्थित मावाखोलाको छठ पूजा हेर्न गएका झापा दमक नगरपालिका–१० आमबाडीका धनबहादुर श्रेष्ठका छोरा १४ वर्षीय दियुस श्रेष्ठमाथि छुरा प्रहार भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

गए राति १०ः२५ बजेतिर दियुसमाथि छुरा प्रहार भएको र छुरा हान्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
उनको दाहिने कोखामा छुरा प्रहार भएको र बिर्तामोडको बिएन्डसी अस्पतालमा उपचारको क्रममा आज बिहान ५ बजे मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताएका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

घटनामा संलग्नको पहिचान खुल्न बाँकी रहे पनि उर्लाबारीको हाटखोलामा बस्ने च्यान्टे भनिने युवाको समूहले घटना गराएको आंशकामा उनीहरूको खोजी शुरु गरिएको कोइरालाले बताए ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.