• Trending:

सोमालियामा कार बम विष्फोट : १०० जनाको मृत्यु, ३०० घाइते

सोमालियामा कार बम विष्फोट : १०० जनाको मृत्यु, ३०० घाइते

Economist Nepal

Mon, Kartik 14 2079

सोमालियामा कार बम विष्फोट : १०० जनाको मृत्यु, ३०० घाइते

Naya Page

सोमालियामा कार बम विष्फोट : १०० जनाको मृत्यु, ३०० घाइते

मोगादिसु । सोमालियाको राजधानी मोगादिसुको व्यस्त चोकमा शनिबार आक्रमण हुँदा कम्तीमा एक सय जनाको मृत्यु भएकोे छ । ‘अहिलेसम्म मृत्यु हुनेको संख्या १ सय पुगेको छ र ३ सय जना घाइते भएका छन् । साथै मृत्यु र घाइते दुवैको संख्या अझै बढिरहेको छ’, राष्ट्रपति हसन शेख मोहमुदले आइतबार भने । प्रत्यक्षदर्शीले भने आक्रमणमा मारिनेको संख्या १ सय नाघिसकेको बताएका छन् ।

सोमालियाको व्यस्त जोब जक्सन नजिकै केही मिनेटको अन्तरालमा बिस्फोटक पदार्थले भरिएका दुइटा कार बिष्फोट भएका थिए । शिक्षा मन्त्रालयलाई लक्ष्य गरी गोली चलाइएको थियो । शनिबार दिउँसोको ष्फिोटनले नजिकैका भवनका झ्यालहरू भत्किएका, धुवाँ र धुलोको मुस्लो हावामा उडेको देखिएको थियो । सन् २०१७ को अक्टोबर १४ मा बिष्फोटक पदार्थले भरिएको ट्रकमा बिष्फोट हुँदा ५१२ जनाको मृत्यु हुनुका साथै २९० भन्दा बढी घाइते भएका थिए ।

मोहमुदले उक्त घटनालाई ‘इतिहास’ को संज्ञा दिँदै भने, ‘यो एउटै ठाउँ हो, र उनै निर्दोष व्यक्तिहरूलाई यसमा संलग्न गराइएको छ ।’ ‘यो ठीक होइन । ईश्वरको कृपाले उनीहरूसँग अर्को ठूलो घटना गर्न सक्ने क्षमता हुने छैन’, उनले इस्लामिक समूह अल–शबाबलाई संकेत गर्दै भने ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.