• Trending:

पाँच वर्षमा अर्थतन्त्र १०० खर्बको बनाउने

पाँच वर्षमा अर्थतन्त्र १०० खर्बको बनाउने

Economist Nepal

Tue, Kartik 15 2079

पाँच वर्षमा अर्थतन्त्र १०० खर्बको बनाउने


१५ कार्तिक २०७९, मंगलवार

anale

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार एमाले अध्यक्ष केपी ओलीले दरबारमार्गस्थित होटल याक एन्ड यतीमा आयोजित विशेष समारोहमा चुनावी घोषणापत्र डिजिटल रूपमा सार्वजनिक गरेका हुन् ।

घोषणापत्रमा २० हजार शब्द रहेका छन् । जसमा अध्यक्ष ओलीले ६ वटा प्रश्न सर्वसाधारणलाई सोधेका छन् भने पार्टीको चुनाव चिन्हमा किन भोट हाल्ने, अरुलाई किन नहाल्ने भन्ने प्रस्ट्याउन खोजिएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

घोषणापत्रमा सुशासन, विकास, समृद्धि र स्वाधीनता चार संकल्प व्यक्त गरिएको छ । घोषणापत्र सार्वजनिक कार्यक्रममा उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाललगायत उपस्थित छन् ।

city
ncll 2

पाँच वर्षमा अर्थतन्त्र १०० खर्बको बनाउने घोषणा
नेकपा एमालेले आगामी ५ वर्षमा नेपालको अर्थतन्त्रको आकार १०० खर्ब पुर्‍याउने बताएका छन् । मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै एमालेले आगामी ५ वर्षमा मुलकको कुल ग्रार्हस्थ्य उत्पादन १०० खर्ब पुर्‍याउने घोषणा गरेको हो ।

jagdamba.cement
nepal liquors

एमालेले ५ वर्षमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या २५ लाख पुर्‍याउने र नेपालको प्रतिव्यक्ति आय २४ सय डलर अर्थात ३ लाख रुपैयाँ पुर्‍याउने पनि घोषणा गरेको छ ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.