
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा एमालेले शानदार एकल बहुत ल्याउने बताएका छन् ।
मंगलबार चुनावी प्रतिवद्धता सार्वजनिक कार्यक्रममा एमाले अध्यक्ष ओलीले एमालेको गन्तव्य १५० सिट जित्ने रहेको बताए । ओलीले भने, ‘एमालेको लक्ष्य १५० मत ल्याउने छ । १३८ ल्याए बहुमत आउँछ । स्थिरता र स्थायित्वको मिसन पूरा गर्न एमालेले बहुमत ल्याउँछ नै ।’
कांग्रेस र माओवादी केन्द्रले एकल रूपमा बहुमत ल्याउन नसक्ने बताए । ओलीले भने, ‘कांग्रेस र माओवादी केन्द्रले एकल बहुमत ल्याउनै सक्दैनन् । बहुत असम्भव छ । एमालेले मात्रै ल्याउन सक्छ ल्यायो भने बहुमत । यो पटक जनता ओइरिएका छन् ।’
Comments
Related News






